• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
आज जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म
  • रासस

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा...

बाढीमा हराएका मानिस खोज्न कुनै कसर बाँकी राखेका छैनौं : प्रधानमन्त्री शाह
  • खबरदाता

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भइरहेका मानिसको खोजीका लागि भइरहेको प्रयासबारे जानकारी दिएका छन्। ‘बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन...

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप
  • खबरदाता

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो । भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध...

रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षाको पूर्वानुमान
  • खबरदाता

देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई...

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने, यस्तो छ तालिका
  • खबरदाता

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा आज (भदौ २२ गते) देखि दैनिक रूपमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना जारी गर्दै सडक मर्मत तथा माटो कटान कार्यका लागि निश्चित समय तोकेर...

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु
  • खबरदाता

काठमाडौँ – ०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनःसुरु भएको छ। गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले यहाँ राणाकालदेखि नित्य आध्यात्मिक प्रवचन गर्दै आएको थियो।...

देवीघाटमा ६० मिटर लामो एक्रो ब्रिज निर्माण तीव्र, केही दिनमै यातायात सञ्चालन हुने
  • खबरदाता

नुवाकोट – भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ। बाढीका कारण विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेको थियो। यस ठाउँमा नेपाली...

चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको आशंका
  • खबरदाता

रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको आशंका गरिएको छ । उनीहरूको उद्धारका निम्ति चिलिमेका सीईओ बाबुराजा महर्जनसहितको टोली खटिएको नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिए । “हामीले समन्वय मात्र गर्ने हो,...

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार
  • खबरदाता

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ। बाढीमा परेर ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन्। विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बेपत्ता भएकाहरूको खोजी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८