साउन १०,२०७९
चितवन – गैंडाको आक्रमणबाट चितवनमा एक जना पुरुष घाइते भएका छन् । रत्ननगर नगरपालिका –८ अन्तर्गतको बाघमारा सामुदायिक वनमा न्युरो टिप्न जाँदा सोहि स्थान बस्ने ३१ वर्षीय कुन्दन लामा घाइते भएका हुन् ।
लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । निजको अनुहार र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८