• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

चितवनमा १०६ संक्रमीत थपिँदा २११ निको भए

  • खबरदाता

चितवनमा १०६ संक्रमीत थपिँदा २११ निको भए

परिक्षण मध्ये १४.०९ प्रतिशतमा संक्रमण

भदौ २ ,२०७८

चितवन । आज चितवनमा ६४७ जनाको पिसिआर परिक्षण गर्दा ९० र १०५ को एन्टिजेन परिक्षण गर्दा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६९ , खैरहनि ८, माडि ७, रत्ननगर १४ ,राप्ती ५ , कालि २ र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ७१ जनाको आइसियुमा छन। जसमध्ये २१ जनाको भेन्टिलेटर र ३८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २३९३ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका २ जना रहेका छन।

यो संगै चितवनमा कुल मृतकको संख्या ३७३ पुगेको छ । आज चितवनमा २११ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : भदौ २, २०७८, बुधवार ०९:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८