आज चितवनमा जम्मा २१४ नमूना परिक्षण भएका मध्ये ५० जना अर्थात २३.३६ प्रतिशत संक्रमीत भए।
जेष्ठ २३,२०७८
चितवन । आज चितवनमा २०८ जनाको पिसिआर परिक्षण गर्दा ४७ र ६ को एन्टिजेन परिक्षा गर्दा ३ जना गरि थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३७ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा १,माडि नगरपालिकामा १ ,रत्ननगरमा ३ ,राप्तीमा ३ , कालिकामा २ र इच्छाकामनाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा १४६ जनाको आइसियुमा , ३५ जनाको भेन्टिलेटरमा र ४७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २०६४ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका १ जना ,मकवानपुर १, बारा २,नवलपरासी, तनहुँ १ र रौतहट १ रहेका छन।
आज मृत्यु भएका मध्ये चितवन मेडिकल कलेजमा ४ पुरानो मेडिकल कलेजमा १ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या २२७ जना पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २१ डिस्चार्ज भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८