• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

कस्तो छ तपाईको भाग्य ? हेर्नुस सोमबारको राशिफल

  • खबरदाता

कस्तो छ तपाईको भाग्य ? हेर्नुस सोमबारको राशिफल

आज २०८२ साल माघ १९ गते सोमबार फागुन कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ फेब्रुअरी २ तारिख । विश्व सीमसार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – धन लाभ हुने दिन छ । स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ । सेवाको अवसर मिल्नेछ । गोपनीयता भंग गरेमा घाटा हुनेछ ।

वृष – धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ । सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । व्यापारमा भने फाइदा हुनेछ ।

मिथुन – साना कुराले मन अशान्त बन्नेछ । गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ । परिवारमा सुखशान्ति मिल्नेछ ।

कर्कट – शनिको प्रभावले साथी टाढा हुनेछ । स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह मिल्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । राजनीतिक व्यक्तिसँग सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

सिंह – परिवारको साथ र सहयोग प्राप्त हुनेछ । रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । यात्रा अगाडि सोच विचार गर्नु राम्रो हुनेछ ।

कन्या – नजिकका साथीले तपाईंको बोलीको गलत अर्थ लगाउने जोखिम रहेको छ । व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ । खानपानमा समस्या हुनसक्छ । परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

तुला – शिक्षा क्षेत्रको लगानीले उत्साह मिल्नेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको तर्फबाट उचित सुझाव प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ ।

वृश्चिक – बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । गोप्य योजना सुरुमा परिवारभित्र सार्वजनिक गर्दा ठुलो घाटा हुनेछ ।

धनु – आजको दिन शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । व्यापारमा लगानी नगर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखयम बित्नेछ ।

मकर – लगानीका क्षेत्रमा फाइदा हुनेछ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छ । परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ ।

कुम्भ – अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । अरुका कुरा थोरै सुनेर आफ्नो काम गर्नु उचित हुनेछ । परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । व्यापारमा फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन – गुम्न लागेको धन प्राप्त हुनेछ । दाजुभाइबाट भन्दा सहकर्मीबाट उचित सल्लाह पाउने योग छ । शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो छ । बिहान उठेर पिपलको परिक्रमा मात्र गरेमा दिन सहज बन्नेछ ।

  • प्रकाशित मिति : माघ १९, २०८२, सोमवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८