• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तराईका अधिकांश स्थानमा मन्द शीतलहर, सतर्कता अपनाउन आग्रह

  • खबरदाता

तराईका अधिकांश स्थानमा मन्द शीतलहर, सतर्कता अपनाउन आग्रह

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मधेश तथा कोशीको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ।

बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईमा मन्द शीतलहर तथा हुस्सु र कुहिरोका कारण जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ।

  • प्रकाशित मिति : माघ १२, २०८१, शनिवार ०७:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८