• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एनपीएल :चितवनद्वारा कर्णाली सामु १३१ रनको लक्ष्य प्रस्तुत

  • खबरदाता

एनपीएल :चितवनद्वारा कर्णाली सामु १३१ रनको लक्ष्य प्रस्तुत

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स सामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तराष्ट्रिय खेल मैदानमा सुरु भएको खेलमा टस हारेर आमन्त्रणमा पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा मात्र १३० रन बनाएको छ ।

चितवन राइनोजका लागि रवि बोपाराले ४० बलमा सर्वाधिक ५९ रन बनाएर अविजित रहे । कुशल मल्लले २३ रन बनाए ।

कर्णाली याक्सका लागि बिपिन शर्माले ३ विकेट लिए । जिशान मकसुदले २ विकेट लिए । कप्तान सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

यसअघिका सम्पूर्ण खेल गुमाएको कर्णालीले शुक्रबार दुई खेलाडीलाई परिवर्तन गरेको थियो । उसले बाबर हायत र भुवन कार्कीको स्थानमा युनिस विक्रम सिंह ठकुरी र र विल बसिस्टोलाई मैदानमा उतारेको छ

  • प्रकाशित मिति : मंसिर २१, २०८१, शुक्रवार १२:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८