• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

भारत पिकबाट ओरालो तर्फ, युरोपमा दोस्रो वेभको सम्भावना

  • खवर मुलुक-संबाददाता

भारत पिकबाट ओरालो तर्फ, युरोपमा दोस्रो वेभको सम्भावना

काठमाण्डौं । सरकारसँग मिलेर काम गरिरहेको ड्रग कम्पनी सिप्लाले सरकारसँग मिलेर ज्यान बचाउन थुप्रै औषधी निर्माण गरिरहेको कम्पनीका प्रमुख वाइ.के.हमिदले जानकारी दिए । कम्पनीले कोरोना भाइरससँग लड्न आफ्नो कम्पनीले काम गरिरहेको बताएका छन् । सिप्लाले काउन्सिल अफ साइन्टीफीक रिसर्च इन्डियन इन्स्टिच्युट अफ केमिकल टेक्नोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च मिलेर काम गरिरहेको बताएका छन् ।
सो कम्पनी अहिले रामदेसिभिर,फाभीपिभिर र टोसीलीजुमाभको निर्माणमा केन्द्रित रहेको छ ।

सिप्लाको ओषधीले अहिले पनि राम्रो काम गर्ने र यसको आवश्यकता अझ धेरै भएको महसुस गरिएको छ । सन् २००१ मा यसै कम्पनीले एचआइभीको विरुद्धमा एन्टीभाइरल औषधी पत्ता लगाई बजारमा ल्याएको थियो ।
भारत जस्तै कम मृत्युदर रहेको अर्को देशको रुस पनि अग्रणी रहेको छ । यसको भ्याक्सिनको तेस्रो चरणको परीक्षण मेक्सिकोमा पनि हुने छ । मेक्सिकोमा २ हजार डोज प्रदान गरिने छ । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले शनिवार मात्र पहिलो ब्याच तयार रहेको बताए ।

उता,न्युजील्यान्डमा एक पटक सकिएको कोरोना सङ्क्रमण फेरी फैलिए पछि अकल्यान्डमा लकडाउन लगाइएको छ । यसै गरी अमेरिकाको फुड एन्ड ड्रग एडमिनीस्ट्रेसनले प्लाज्मा थेरापीलाई आपत्कालीन समयमा प्रयोग गर्न अनुमति दिएको छ । दक्षिण कोरियामा सङ्क्रमण बढ्दै गए पछि फेरी एक पटक सामाजिक दुरीको नियमलाई कडाइ पारिएको छ । इटाली र फ्रान्समा मे महिना पछि सबैभन्दा धेरै सङ्क्रमित फेला परेका छन् ।

  • प्रकाशित मिति : भदौ ९, २०७७, मंगलवार ०२:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८