• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

एप्पलको साझेदारले भन्यो – चीनका दिन सकिए

  • संबाददाता

एप्पलको साझेदारले भन्यो – चीनका दिन सकिए

अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ ।
फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब चीन पूरै विश्वको कारखानाको रुपमा रहने छैन ।होन होइ प्रिसिजन इन्डस्ट्री अर्थात् फक्सकनका अध्यक्ष योंग लिउले भनेका छन्, ‘फक्सकनका लागि अझै पनि चीनले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । तर विश्वकै कारखानाका रुपमा रहने चीनका दिन सकिएका छन् ।’
रिपोर्टअनुसार फक्सकन कम्पनीले चीनभन्दा बाहिर आफ्नो उत्पादन क्षमता विस्तार गरिरहेको छ । कम्पनीको कूल उत्पादनमध्ये चीनबाहिर हुने उत्पादन अहिले ३० प्रतिशत पुगेको छ, जबकी गत जुन महिनामा उक्त हिस्सा केवल २५ प्रतिशत थियो । यो अनुपात आगामी दिनमा झनै बढ्नसक्ने उनले बताए । यद्यपि चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धको मारमा फक्सकन कम्पनी समेत पर्ने देखिन्छ । सोही कारण कम्पनीले दुईवटा आपूर्ति श्रृंखलाको निर्माणमा काम गरिरहेको छ, जसमध्ये एउटा चीनका लागि र अर्को अमेरिकाका लागि । सोही मुताविक फक्सकनले अमेरिकाको विस्कन्सिनका साथै मेक्सिको, ब्राजिल र दक्षिणपूर्वी एसियामा आफ्नो लगानीमा वृद्धि गरिरहेको छ ।

  • प्रकाशित मिति : भदौ २, २०७७, मंगलवार ०९:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८