• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

भरतपुरमा आउटसोर्स श्रमिक संगठन आन्दोलित


भरतपुरमा आउटसोर्स श्रमिक संगठन आन्दोलित

हालै बढेको तलव वृद्धि नभए आन्दोलन चर्कने चेतावनी

श्रावण–१६, २०८० / एलिशा तिमिल्सिना

भरतपुर महानगरपालिका अन्तरगत श्रमिक वर्गको हितका लागि तलव वृद्धि लगायतको माग राख्दै नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन आन्दोलित भएका छन । नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन जिल्ला कमिटी चितवनले भरतपुर अस्पतालमा एक कार्यक्रम गर्दै विभिन्न मागहरु राखेका थिए ।

कार्यक्रमा बोल्दै श्रमिक संगठनका अगुवाहरूले सम्वन्धित निकायले समयमै हाम्रो माग सम्बोधन नगरे चरनबद्ध आन्दोलनको घोषणा गर्ने बताए । उपस्थित श्रमिकहरूले २०८० साल साउन १ बाट वृद्धि हुने तलब वृद्धि गर, श्रमिक लाई बाँच्न पुग्ने ज्याला वृद्धि गर, ,सामाजिक सुरक्षा पूर्णतया कार्यान्वयन गर लगायतका मागराख्दै नारा समेत लगाएका थिए ।

 

उक्त कार्यक्रमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का चितवन जिल्ला अध्यक्ष अरूण पीडित भण्डारी, नेता नरेन्द्र कन्दङवा लगायतका नेताहरुले आफ्नो धारणा राखेका थिए र एकिकृत समाजवादी पार्टी सदैब श्रमिकको हितमा रहेको समेत प्रतिबद्धता दायर गरेका थिए ।


सो कार्यक्रम एकिकृत टेड महासंघका केन्द्रिय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष उदयचन्द्र अर्यालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीको रुपमा टे«ड महासंघका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका अध्यक्ष गोविन्द अर्याललाई आमन्त्रित गरिएको थियो । अर्यालले कसैको बाच्न पाउने अधिकारबाट बञ्चित नगराइयोस र बढेको तलव यथासिघ्र बृद्धिगर भन्दै नारावाजी समेत गराएका थिए ।

 

 

  • प्रकाशित मिति : साउन १६, २०८०, मंगलवार ०७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८