साउन २०,२०७९
चितवन – हेटौंडाबाट नारायणगढ आउँदै गरेको विङ्गर दुर्घटना हुँदा १० जना घाइते भएका छन।
शुक्रबार अन्दाजी साढे ६ बजेको समयमा जिल्लाको राप्ती नगरपालिका ४ लक्ष्मि नारायण चोक स्थित पुर्ब पश्चिम राजमार्गमा बागमती प्र.०३-००१ ज ०१७१ न. को विंग्नर गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त गाडिमा सवार र चालक सहित १० जना घाईते भएका र सबै घाइतेलाई उपचारको लागि भरतपुर तर्फ पठाईएको छ।
घाइतेको विवरण
१. गोर्खा आरुघाट गा.पा १ बस्ने बर्ष २३ को आस विर गुरुङ् अवस्था मध्यम ।
२. दार्चुलाको महाकाली न।पा ३ बस्ने बर्ष ३६ को शेर सिंह महरा अवस्था मध्यम ।
३. चितवनको भरतपुर महानगरपालिका १३ बस्ने बर्ष २३ कि समिक्षा निरौला अवस्था सामान्य ।
४. लमजुङको वेशिसहर नअगरपालिका १ बस्ने बर्ष २७ को सोसन गुरुङ् अवस्था मध्यम ।
५. चितवनको माडी नगरपालिका ५ बस्ने बर्ष २३ को सागर बोट अवस्था सामान्य ।
६. रौतहट परोहा नगरपालिका ६ बस्ने बर्ष २३ को अमर नाथ जैसवाल अवस्था सामान्य ।
७. मकवानपुर हेटौडा उप महानगर पालिका १३ बस्ने बर्ष २७ को सुनिल रिमाल अवस्था मध्यम ।
८. चालक नवलपरासी देवचुली न.पा १ बस्ने बर्ष ४१ को तिन ब।बिक अवस्था मध्यम ।
९. चितवन भरतपुर महानगरपालिका १२ बस्ने बर्ष ४० कि उषा दंगोल अवस्था सामान्य ।
१०. तनहु घर भई हाल भरतपुर महानगरपालिका १२ बस्ने बर्ष २५ को नविन केसी अवस्था मध्यम ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८