साउन २०,२०७९
चितवन – पहिरो खसेपछि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ८ बजेबाट सुचारु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ को केराबारी (मौरी खिला पुल नजिक )भन्ने स्थानमा खसेको पहिरो हटाएपछि सवारी संचालनमा आएका हुन।
राती करिब २ बजेको समयमा पहिरो झरेपछि सडक अवरूद्ध बनेको थियो।
उक्त स्थानमा केही दिनयता पहिरो झर्ने क्रम रोकिएको छैन। पटकपटक पहिरो झरिरहँदा आइतबार रातिदेखि बाटो खुल्ने र बन्द हुने क्रम चलिरहेको छ। पहिरोकै कारण यो सडकको माध्यमबाट यात्रा गर्ने यात्रुले दुःख पाएका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८