• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बजेट विवाद र छानवीनबारे चुइँक्क बोलेनन अर्थमन्त्री शर्मा

  • खबरदाता

बजेट विवाद र छानवीनबारे चुइँक्क बोलेनन अर्थमन्त्री शर्मा

साउन १६,२०७९

 

अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले पदभार ग्रहणका क्रममा आइतबार आफूमाथि लागेको आरोपमाथि केही पनि टिप्पणी गरेनन्।

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा संसदीय समितिले सफाइ दिएपछि पुनः नियुक्ति पाएका शर्माले पदभारका क्रममा त्यसबारे केही पनि उल्लेख नगरेका हुन्।

शिलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएपछि साँझ अर्थमन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

उनको पदभार ग्रहणका क्रममा अर्थसचिव मधुकुमार मरासनी अनुपस्थित रहे। उनलाई राजश्व सचिव कृष्णहरि पुस्करले स्वागत गरेका थिए।

मन्त्री शर्माले पदभार ग्रहण गर्दै निक्षेप बीमाको सीमा बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्।

 

चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने उल्लेख छ। अब निक्षेप बीमाको विद्यमान सीमा ३ लाख रुपैयाँलाई बढाएर ५ लाख बनाइएको छ।

  • प्रकाशित मिति : साउन १६, २०७९, सोमवार ०७:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८