• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ग्यास बुलेटको ठक्करबाट नारायणगढमा महिलाको मृत्यु

  • खबरदाता

ग्यास बुलेटको ठक्करबाट नारायणगढमा  महिलाको मृत्यु

साउन ९, २०७९

चितवन- पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना आज दिउँसो भएको हो । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । महिलाको पहिचान हुन सकेको छैन ।

 

  • प्रकाशित मिति : साउन ९, २०७९, सोमवार १७:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८