• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भक्तपुरमा रूख ढल्दा तीनको मृत्यु, १२ जनाभन्दा बढी घाइते

  • खबरदाता

भक्तपुरमा रूख ढल्दा तीनको मृत्यु, १२ जनाभन्दा बढी घाइते

साउन ८, २०७९

 

भक्तपुरमा सल्लाको रूख ढल्दा तीन जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ।

गृहमन्त्री बालकृष्ण खाणको सचिवालयका अनुसार भक्तपुर नगरपालिका १ सल्लाघारीमा आज रूख ढलेर एक यात्रुबहाक बस र स्कुटीलाई च्यापेको थियो।

काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र ६१ च नम्बरको स्कुटीलाई रूखले च्यापेको थियो। बसले च्याप्दा तीन जनाको मृत्यु र १२ जनाभन्दा बढी घाइते रहेको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालाई उद्धृत गर्दै गृहमन्त्रीको सचिवालयले जनाएको छ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइएको छ।

मृत्यु भएका तीन जनामध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माको भनाइ छ।

विशेष खर्वुजाको सनाखत भएको गृहको भनाइ छ। नेपाली सेनाले ढलेको रुख हटाउने काम गरिरहेको छ।

यसैबीच गृहमन्त्री खाणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवीशर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई घाइतेको उपचार र सडकमा ढलेको रूख पन्छाइ सवारी साधन पुनस् सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

  • प्रकाशित मिति : साउन ८, २०७९, आइतवार १४:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८