• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष – अप्रत्ययक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ : राष्ट्र बैंक

  • खबरदाता

विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष – अप्रत्ययक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ : राष्ट्र बैंक

साउन ६,२०७९

 

विश्व अर्थतन्त्रमा परेको प्रत्यक्षरअप्रत्ययक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको राष्ट्र बैंकले बताएको छ ।

आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो ।

विगत केही समययता रुस र युक्रेनबीच जारी युद्धको कारण विश्वव्यापी रुपमा आर्थिक गतिविधिहरु प्रभावित भएको बैंकले बताएको छ ।

पेट्रोलियम पदार्थ र खाद्य वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको, विश्व व्यापार गतिविधि तथा पुँजी प्रवाह प्रभावित हुँदा कोभिडबाट प्रभावित भई पुनरुत्थान हुन लागेको विश्व अर्थतन्त्रमा चुनौती थपिएको बैंकको भनाइ छ ।

अन्तरराष्ट्रिय स्तरमा देखापरेको उच्च मुद्रास्फीतिको समस्या समाधान गर्न अधिकांश केन्द्रीय बैंकहरुले कोभिडको समयमा अवलम्बन गरेका राहत कार्यक्रम तथा नियामकीय छुटहरु विस्तारै हटाउँदै लग्नुको साथै अर्थतन्त्रमा देखिएको असन्तुलन सम्बोधन गर्नका लागि मौद्रिक नीतिको कार्यदिशालाई पनि कसिलो बनाउँदै लगेका छन् ।

विश्व अर्थतन्त्रमा आएको परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ । नेपालको सन्दर्भमा पनि मूल्य एवम् बाह्य क्षेत्र स्थायित्वमा देखिएको दबाब र लगानीयोग्य साधनमा आएको संकुचनका कारण अर्थतन्त्रको पुनरुत्थानसँगै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा चुनौती सिर्जना भएको बैंकको भनाइ छ ।

  • प्रकाशित मिति : साउन ६, २०७९, शुक्रवार १७:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८