साउन ४, २०७९
सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक मनोनित गरेको छ । कांग्रेसले प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत गरेको हो ।
संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतकमा यादव र विश्वाकर्मालाई सचेतकमा मनोनीत गरेका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुबै पद रिक्त थियो । रिक्त पदमा संसदीय दलका नेताले देउवामा बुधवार नयाँ नियुक्ति गरेका हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८