• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट

  • खबरदाता

पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट

असार २४, २०७९

 

गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ ।

बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने क्रममा उक्त लागूपदार्थ बरामद गरिएको थियो ।

बरामद भएको लागूपदार्थ नमुना राखेर नष्ट गरिन्छ । त्यसैअनुसार उक्त लागूपदार्थ लागूऔषध नियन्त्रण ब्युरो तथा नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र काठमाडौँ जिल्ला अदालतले बरामद हेरोइनको नमुना सङ्कलन गरी सुरक्षित राखेर बाँकी पानीमा घोलेर ढलमा बगाइएको हो ।

लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ११ मा बरामद लागूऔषध नष्ट गर्दा बढीमा तीन ग्राम अनुसन्धान गर्ने निकाय, मुद्दा हेर्ने अधिकारी र मुद्दा अनुसन्धान गर्ने निकायले सुरक्षित राखी नष्ट गर्ने व्यवस्था छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • प्रकाशित मिति : असार २४, २०७९, शुक्रवार ०६:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८