जेठ २९,२०७९
पूर्वीचितवनको रत्ननगरमा कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन।
आइतबार साँझ ५:४० बजेको समयमा रत्ननगर नगरपालिका–५ मगरटोलमा कारको ठक्करबाट स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान ९अधिकारी०को मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट स्थानीय ५५ वर्षीया राधीका बोटे समेत गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ ।
गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारले ठक्कर दिएको र कार चालक फरार रहेका छन् भने कार इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८