जेठ २७,२०७९
चितवन – मानव बस्तीमा पसेर आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ।
उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले राप्ती नगरपालिका १ को महादेवटार भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो ।
शुक्रवार दिउँसो करिब पौने २ बजेको समयमा उक्त भाले भाघलाई केजमा राखेर ल्याइदै गरेको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए।
उक्त बाघले आज (शुक्रबार) बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका १ का ४३ वर्षीय ईन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो ।
चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८