• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिरो पन्छाएपछि नारायणगढ – मुग्लिङ सडक सुचारु

  • खबरदाता

पहिरो पन्छाएपछि नारायणगढ – मुग्लिङ सडक सुचारु

जेठ २७,२०७९

 

भरतपुर – तोपे खोलामा गएको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिङ सडक सुचारु भएको छ।

शुक्रबार बिहान ८ः४५ बजेको समयमा उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपे खोलामा सुख्खा पहिरो झरेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाइ ११ः१५ बजेबाट गाडी सुचारु भएको छ ।

सडकसँग समन्वय गरी इलाका प्रहरी कार्यालय मुग्लिङ र जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवरुद्व भएको सडकमा पहिरो पन्छाइ दुईतर्फी सडकमा गाडी सुचारु गरिएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ २७, २०७९, शुक्रवार १२:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८