जेठ २७,२०७९
बसले ठक्कर दिँदा सह चालकको मृत्यु भएको छ।
शुक्रबार बिहान ४ वजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका मौवाखोला नजिक पृथ्वी राजमार्गमा काठमाण्डौबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) वसले सोही बसका सहचालकलाइ ठक्कर दिएको हो।
सह चालक सुनसरी झुम्का बस्ने बर्ष २३ को जनक दाहालको घटनास्थलमै मृत्यू भएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा लास जाँच मुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि भरतपुरको सरकारी अस्पताल पठाएको छ भने बस र चालक ईलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८