जेठ २६,२०७९
चितवन – नेपाल तरुण दल चितवनले अनिल परियार हत्या कान्डमा निर्दोषलाई फसाउन खोजेको आरोप लगाएको छ।
बिहिवार तरुण दलले एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार ९कान० को हत्या भएको एक महिनासम्म पनि मुख्य अभियुक्त पक्राउ नपरेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
घटनामा संलग्नताको आशंकामा प्रहरीले तरुण दल चितवनका सदस्य एवं प्रवक्ता हेमन्त वास्तोला ९विश्व० लाई पक्राउ गरेको प्रति गम्भीर आपत्ति जनाएको छ ।
छानबिनको नाममा निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ती दिन खोजिएको तरुण दलको आरोप छ । ‘घटनामा संलग्नताको आशंकामा प्रहरीले तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला ९विश्व० लाई पक्राउ गरी हिरासतमा राखेको बिषय प्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ । घटनाको सत्य तथ्य छानबिन गरी पीडितमाथि न्याय दिने कार्य राज्य र प्रहरी प्रशासनको दायित्व हो । तर छानबिनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषिले उन्मुक्ती पाउने कदापी हुनु हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
घटनालाई तोडमोड गर्ने र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई जबरजस्ती दोषी बनाउन खोजिए चरणवद्ध आन्दोलन गर्न वाध्य हुने तरुण दलले चेतावनी दिएको छ । ‘घटनालाई तोडमोड गर्ने र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई मानसिक तनाव दिने र जबरजस्ती दोषी मुकरण गर्ने कार्य भएमा तरुण चितवन चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न वाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । यसबाट उत्पन्न हुने घटनाको जिम्मेवारी प्रशासनले लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले अनिल परियारको हत्याको आरोपमा हेमन्त वास्तोलालाई पक्राउ गरेको छ । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हो । भरतपुरमा १२ मिलनचोक निवासी परियारको गत बैशाख २५ गते साँझ ७ः३० बजे हत्या भएको थियो । भरतपुर महानगरपलिका कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले चक्कु प्रहार गरेर उनको हत्या गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८