जेठ २६,२०७९
भरतपुर – नारायणगढबाट बिरगंज जादै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन।
चितवनको राप्ती नगरपालिका वडा नं–६ स्थिति पूर्वपश्चिम राजमार्गको हर्दिमा वीरगञ्ज जादै गरेको गरेको ना ७ ख ६०५७ नम्बरको बस बिहिवार बिहान साढे आठ बजे दुर्घटना भएको हो।
घाइतेहरुमध्ये भरतपुर–१८, गुञ्जनगरका ४५ वर्षीय भरत ढकाल, भरतपुर–२६ का ५६ वर्षीय दिलबहादुर विक, ६४ वर्षीय रेवारे विकको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुरको हेटौँडा उपमहानगर–१७ का ३३ वर्षीया मञ्जु सिलवाल, बाराको कलैया–१६ का ३१ वर्षीय मनोज गिरी, भारत रक्सौलका ७० वर्षीय भोलन गिरी, ४५ वर्षीय उगम पटेल, बारा, कलैयाका २२ वर्षीय निरञ्जन पासवान, रौतहटको कडरिया–२ का ३० वर्षीय सुरेश दास र १० वर्षीय आशकुमार यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पस्चात फरार रहेका चालक धादिङ घर भएका कमल मगरलाई प्रहरी खोज तलास गरि नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८