• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाघले आक्रमण गर्दा भरतपुर २३ की एक महिला बेपत्ता

  • खबरदाता

बाघले आक्रमण गर्दा भरतपुर २३ की एक महिला बेपत्ता

जेठ २४,२०७९

बाघले आक्रमण गर्दा भरतपुरकी एक महिला बेपत्ता भएकी छन।

मंगलबार अन्दाजी ४ बजेको समयमा भरतपुर २३ को घैलाघारी सामुदायिक बनमा निउरो टिप्न गएकी सोही स्थान घर भएकी मंगली बोटेलाई बाघले आक्रमण गरि जङ्गल तिर लगेको चितवन प्रहरीले जनाएको छ।

अन्दाजी ५५-६० बर्षकी बोटे सहित अन्य ४ जना जङ्गलमा निउरो टिप्न गएकोमा अन्यले भागेर ज्यान बचाएका थिए।

अहिले प्रहरी , आर्मी सहित ४ वटा हात्तिबाट खोत कार्य गरिरहेको छ।

  • प्रकाशित मिति : जेठ २४, २०७९, मंगलवार १७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८