जेठ २३,२०७९
काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवा(युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।
उनीहरूको पहिचान हुन सकेको छैन। शव फेला परेको ठाउँनजिकै बिषको बट्टा पनि फेला परेको छ।
एसएसपी कुँवरका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि खटिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८