• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिलिण्डर ग्यास पड्किँदा बालिकाको मृत्यु

  • खबरदाता

सिलिण्डर ग्यास पड्किँदा बालिकाको मृत्यु

जेठ २१,२०७९

 

खाना पकाउने सिलिण्डर ग्यास पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए।

  • प्रकाशित मिति : जेठ २१, २०७९, शनिवार १३:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८