• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

राप्रपाको दोस्रो जित : झापाको हल्दिवारीमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित

  • खबरदाता

राप्रपाको दोस्रो जित : झापाको हल्दिवारीमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित

जेठ ४, २०७९

झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् ।

 

लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी हुन् । उनले एमालेकी शान्तिदेवी गौतमलाई हराएकी हुन् । मैनालीले ५ हजार ७८ मत ल्याउँदा गौतमले ४१ सय ६ मत मात्र ल्याइन् । योसँगै राप्रपाको दोस्रो जित भएको छ । यसअघि राप्रपाले काठमाडौको शंकरापुरमा जितेको थियो ।

  • प्रकाशित मिति : जेठ ४, २०७९, बुधवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८