बैशाख ३१,२०७९
चितवन -चितवनको खैरहनी नगरपालिका १ को ज्यामिरेमा पार्किङ गरि राखेका चार सवारीसाधनमा आगलागी भएको छ।
सनिवार दिउँसो करिब पौने ५ बजेको समयमा ज्यामिरे स्थिति मेट्रो पेट्रोलपम्प पछाडी पार्किङ गरी राखेका ना ५ ख ४०६२ र ना ५ ख ४०६४ नम्बरको बसमा अचानक आगलागी हुँदा दुईवटै बस जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।
सोहि स्थानमा पार्किङ गरि राखेको अर्को ना। ५ ख ७४५ नम्बरको बसको ढोका साईटको झ्याल ढोकामा र बा ४ ख ३३७८ नम्बरको बसको पछाडिको भागमा सामान्य क्षती भएको हो।
उक्त सवारीसाधन सोही पेट्रोलपम्पको संचालक झबनाथ पाठकको रहेको चितवन प्रहरी प्रबक्ता नरहरि अधिकारीले जानकारि दिए।
नेपाल प्रहरी ,स्थानिय नागरिक, नेपाली सेना र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको लिइएको थियो। सवारीसाधनमा कोहिपनि नभएकोले मानबिय क्षति नभएको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८