बैशाख २२,२०७९
चितवन – भरतपुरका असन्तुष्ट काङ्ग्रेसको तर्फबाट स्वतन्त्र उम्मेद्बारी दिएका जगन्नाथ पौडेलले रेनु दाहालको उम्मेद्बारी फिर्ता गरेर अगाडी बढ्न नेतृत्वलाइ सुझाब दिएका छन।
भरतपुर आएका काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलसंगको भेटमा आफु काङ्ग्रेस मास्न नभएर काङ्ग्रेस जोगाउन मेयरमा उठेको हुनाले उम्मेद्बारी फिर्ता गर्न नसक्ने उनले बताएका थिए।
नेता पौडेलले जगन्नाथ सहित कृष्णलाल सापकोटा,मिना खरेल लगायतसंग भेट गरेका थिए।
सभापति शेरबहादुर देउवासँगै चितवन पुगेका पौडेलले त्यहाँका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । नेता पौडेलले सभापति देउवासँग कुरा गरेर उमेदवारी फिर्ता लिइदिन जगन्नाथलाइ आग्रह गरेका थिए ।
पौडेलसंग आक्रोशित बनेका जगन्नाथ सहितका नेताहरुले रेणुको उम्मेद्बारी फिर्ता गराउन पौडेललाइ सुझाब दिएका थिए । जगन्नाथलाइ पौडेलले उम्मेद्बारी निष्क्रिय गरि रेनुलाइ सहयोग गर्न आग्रह गरेका थिए। प्रतिउत्तरमा जगन्नाथले आजको सभा हुनु भन्दा अगाडीनै रेनुको उम्मेद्बारी निष्क्रिय पार्न सुझाब दिए ।
जगन्नाथले भने उमेदवारी फिर्ता लिने बैठकमा बस्दैनौँ । तपाईंले बोलाउनुभयो, तपाईंको अपमान नहोस् भनेरमात्रै आएका हौँ ।उमेदवारी फिर्ता गराउने कुरै नगर्नुस् ।
पौडेलका समर्थक बयोवृद्ध नेता कृष्णलाल सापकोटाले पनि अब सभापति शेरबहादुर देउवासँग कुरा गर्नुको कुनै औचित्य नभएकाले यस बारेमा फेरि भेट्न नआउने बताएका थिए ।
मैले ढाँटेर कुरा गर्दिनँ, तपाईंहरुसँग कुरा गर्न म फेरि यहाँ आउँदिन,” सापकोटाको धारणा थियो ।
नेता पौडेलले सभापति देउवासँग कुरा गर्न प्रस्ताव राखेको भए पनि चुनावी अभियान भएकाले आफूहरुलाई अहिले समय नभएको भन्दै चितवनका कांग्रेस नेताको टोली त्यहाँबाट निस्किएको थियो।
सो टोली चुनावी अभियानमा जानुछ भन्दै सोही होटलमा रहेका सभापति देउवालाई नभेटी निस्किएको थियो ।
उमेदवार जगन्नाथ पौडेल, प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतका नेता देउवा, पौडेलले बिलाएपछि होटल सिराइचुलि पुगेका थिए।
नेता रामचन्द्र पौडेलले भने संविधान सिध्याउन वडातहसम्मै प्रयास भएकाले सजग हुनुपर्ने बताएका थिए।
“ग्रान्ड डिजाइन वडासम्म पुगेको छ । यो डिजाइन अन्तर्गत भएको छ । संविधान सक्ने प्रयास भएको छ,” पौडेलको भनाई थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८