बैशाख २१,२०७९
चितवन – स्थानिय निर्वाचनको मतदान हुनु १० दिन अघि भरतपुरमा काङ्ग्रेसका वडा सदस्यको उम्मेद्बारी खोसिएको छ।
काङ्ग्रेसबाट भरतपुर १३ को वडा सदस्यमा आफ्नो उम्मेदवारी दिएका प्रेम बिनोद तिवारीको मंगलबार उम्मेद्बारी खोसिएको हो । उनको ठाउँमा चितवन काङ्ग्रेसले कालु बोटेलाइ उम्मेद्बारी तोकेको पत्र पठाएको बुझिएको छ।
उम्मेद्बारी दर्ता गराएर फिर्ता लिने दिन सम्म पनि पार्टीले आफैलाइ काङ्ग्रेसको उमेदवार बनाएको र हिँजो एक्कासि पार्टीका जिल्ला सभापति राजेश्वर खनालले तपाईं हाम्रो आधिकारिक उमेदवार नभएको खबर गरेको तिवारीले बताए ।
आफुलाइ पार्टीका वडा सभापति सुरेस चन्द्र न्यौपानेले सिफारिस गरेर वडा सदस्यमा उमेदवार बनेको उनले बताए । उनले भने , ‘मंगलबार गठबन्धनको संयुक्त पार्टी कार्यालय उद्घाटन गर्ने बेलामा काङ्ग्रेस जिल्ला सभापति खनालले माओवादीका वडा अध्यक्ष सुदिप सुबेदीको मोबाइलमा फोन गरेर तपाईं हाम्रो आधिकारिक उमेदवार हैन भन्नु भयो।’
आफु जम्मसिद्ध काङ्ग्रेस भएको तर काङ्ग्रेसले पुरानालाइ पाखा लगाउन थालेकोले धेरै तिर पार्टीमा बिद्रोह हुन थालेको उनले सुनाए । उनले भने , ‘म आफुले आफुलाइ थाहा पाउँदा देखि काङ्ग्रेस छुँ । मेरो सक्रिय सदस्यता पनि ५० साल तिरकै हो तर अहिले अन्तिम अबस्थामा मलाइ हटाएर १५ दिन अघि माओवादीबाट प्रवेश गरेकालाइ आधिकारिक हो भन्दै पत्र पठाए।’
तिवारीले आफ्नो उम्मेद्बारी कायननै रहने बताएका छन। उनले भने , ‘मैले कसैका लागि पनि बिज्ञप्ति निकालेर सहोग गर्दिन । मेरो दुईवटा रुख चिन्ह हो जति मत आउँछ आउँछ।’
गठबन्धनको बिषयलाइ लिएर काङ्ग्रेस भित्र ब्यापक असन्तुष्टि देखा परेको छ। भरतपुर १३ का वडा सभापति सुरेसचन्द्र न्यौपानेले आफ्नो पदबाट राजिनामा दिएका छन।उनले कसैको दबाबमा बस्न नसक्ने भन्दै पार्टीको वडा सभापतिबाट राजिनामा दिएको बताए ।उनले भने, ‘काङ्ग्रेसमा जसले हुल हुज्जत गर्न सक्छ उसैको पावर बलियो हुन्छ । म त त्यस्तो गर्न सक्दिन । म इमान्दारीताको राजनीति गर्ने मान्छे त्यसैले पदमा बस्न सकिन र जिल्ला उपाध्यक्ष राजिब न्यौपानेलालाइ राजिनामा बुझाएको हुँ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८