बैशाख २०,२०७९
गठबन्धनका विरोधी देउवा इतरका काङ्ग्रेस नेता शेखर कोइराला भरतपुर आउने भएका छन। उनी गठबन्धनले यहीँ २२ गते गर्न लागेको चुनावी सभालाइ सम्बोधन गर्न आउन लागेका हुन।
कांग्रेसले कसैसंग गठबन्धन गर्नु नहुने भन्दै खरो अभिव्यक्ति दिने कोइराला एकाएक किन परिबर्तन भए रु पछिल्लो केहि समय मौन बसेका कोइरालाले गठबन्धनको पक्षमा आफुलाइ उभ्याउने संकेत गरेका छन।
पार्टीका बैठकमा मात्र नभएर सार्वजनिक रूपमा पनि उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँगको गठबन्धनमा कांग्रेस सिध्याउने खेल जोडिएको भनेर आलोचना गर्दै आइरहेका थिए । तर पछिल्लो राजनीतिक घटनाक्रमले तिनै कोइरालालाई गठबन्धनको बचाउ गर्नुपर्ने बाध्यता सृजना गरिदिएको छ।
आफु गठबन्धनको बिरोधमा लागिरहँदा स्थानिय निर्वाचनमा बिराटनगरको मेयर काङ्ग्रेसले गुमाउनु पर्ने अबस्था आएको देखिन्छ । बिराटनगर काङ्ग्रेसको कोटामा परेको छ । त्यसमा पनि कांग्रेस र कोइराला परिवारको प्रतिष्ठासँग जोडिएको विराटनगरमा मेयर कोइरालाकै कोटाबाट उम्मेदवार छन् ।गठबन्धनले कोइराला पक्षका नागेश कोइरालालाइ मेयरको उमेदवार बनाएको हो।
सभापति शेरबहादुर देउवाले गठबन्धन बिरोधि कोइरालाको कोटाबाट नागेशलाइ मेयर दिएपछि कोइराला चुचाप बसेका हुन। अहिले शेखर जुनकुनै हालतमा पनि गठबन्धनसंग मिलेर नागेशलाइ चुनाव जिताउने रणनीति बनाउन लागेका छन् । बिराटनगरमा एमाले बलियो देखेपछि कोइराला झन गठबन्धनलाइ बलियो बनाउने पक्षमा लागेको बुझिन्छ ।
शेखरकै कारण बिराटनगरमा माओवादी र जसपाले मेयर र उपमेयरमा बागी उम्मेदवार उठाएका छन। गठबन्धन नहुने भनेर पहिला कोइरालाले नै विराटनगरको माहौल भड्काएपछि माओवादी केन्द्र र जसपाका नेताहरू थप भड्किएका थिए ।
बागीका कारण आफ्नो उम्मेदवार हार्ने संकेत देखेपछि कोइराला माओवादी नेताहरूसँग छलफल गर्न बाध्य भएका हुन। उनले सोमबार मात्र बिराटनगरका माओवादी नेताहरुसंग छलफल गरेको बुझिएको छ।
बैशाख २२ बिहीबार केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) गठबन्धनका पाँचै दलका केन्द्रीय नेताहरुको सहभागितामा आमसभा हुन लागेको हो । आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल , कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,केन्द्रीय सदस्य शेखर कोइराला महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने जनाइएको छ।
भरतपुरमा पनि असन्तुष्ट पक्षले स्वतन्त्र उमेदवारमा पुर्ब सांसद जगन्नाथ पौडेललाइ उठाएको छ। उनी अहिले चुनावी मैदानमा होमिएका छन । कोइरालाले भरतपुरमा गर्ने सम्बोधनले पौडेललाइ केहि घाटा हुने देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८