• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरका स्वतन्त्र उमेदवारलाई चुनाब चिन्ह वितरण, पौडेलले पाए ‘भुइँकटहर’

  • खबरदाता

भरतपुरका स्वतन्त्र उमेदवारलाई चुनाब चिन्ह वितरण, पौडेलले पाए ‘भुइँकटहर’

बैशाख १७,२०७९

चितवन – स्थानिय तह निर्वाचनको लागि भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेद्बारी दिनेहरुलाइ चुनाब चिन्ह प्रदान गरिएको छ।

शुक्रवार साँझ उमेदवारको अन्तिम नामावली प्रकाशपछि सनिवार ११ बजे चुनाब चिन्ह वितरण गरिएको हो।भरतपुरको मेयरमा काङ्ग्रेसबाट स्वतन्त्र उमेदवार दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले भुइँकटहर चुनाब चिन्ह प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ।

यस्तै अन्यमा मेयरका स्वतन्त्र उमेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैँची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्धव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन् ।

दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् । गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।

मेयरका उमेदवार जगन्नाथ पौडेल र उनका प्रस्तावक कृष्णलाल सापकोटा तथा समर्थक मिना खरेललाइ पार्टीले साधारण सदस्यबाट समेत निष्कासन गरिसकेको छ।

  • प्रकाशित मिति : वैशाख १७, २०७९, शनिवार १२:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८