• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनका काँग्रेस दुईचार दिन उफ्रन्छन आफैं ठीक हुन्छन्ः श्रेष्ठ

  • केपी शर्मा

चितवनका काँग्रेस दुईचार दिन उफ्रन्छन आफैं ठीक हुन्छन्ः श्रेष्ठ

वैशाख,७ २०७९ ।

नेपाली काँगेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले चितवनका काँग्रेसहरु दुईचार दिनमा केन्द्रको निर्णयसँग सहमत हुँदै साइजमा आउने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा कुरा गर्दै श्रेष्ठले बाध्यात्मक परिस्थीतीले सबैतिर गठबन्धलाई मिलाउनुपर्दा भरतपुर काँग्रेसको भागमा नपरेको बताए ।

काँग्रेस कार्यकर्ताको भरतपुरमा मेयर बनाउने अपेक्षा पुरा हुन नसकेको बताउँर्दै उनले भने,‘मेयर नपाएकोमा कार्यकर्ताहरुमाझ नैराश्यता आइरहेको छ,केही कार्यकर्ताहरु आवेगमा आएर आफ्ना धारणाहरु राखिरहेका छन् तर विस्तारै दुईचार दिनमा सबै कार्यकर्ता साइजमा आउनेछन् ।’

भरतपुरमा उपमेयर लगायततका बाकी पदहरुमा सकेसम्म काँगेसलाई धेरै दिने सहमतिअनुसार अगाडि बढेपछि काँग्रेसभित्रका आवेग विस्तारै मथ्थर हुँदै जाने उनले बताए । काँग्रेसका अनुभवी र लामो समय काम गरेकाहरुलाई बाकी रहेका पदहरुमा उठाउनुपर्ने उनको जोड थियो ।

पार्टीको केन्द्रले निर्णय भएकाले यसलाई तल्लो तहसम्म मिलाउनुपर्ने बाध्यता रहेकोले आफू सभापति देउवाको निर्देशनअनुसार चितवन आएको उनले बताए ।

उनले भने,‘काँग्रेसभित्र भएका असन्तुष्टिहरुलाई मिलाउन म केन्द्रबाट आएको हुँ । पाँच÷सात दिन बसेर सबै कुरा मिलाएर वातवरण सहज भएपछि म फर्कन्छु । ’

  • प्रकाशित मिति : वैशाख ७, २०७९, बुधवार १८:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८