• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

श्रीमतीको सम्झनामा मन्दीर र चौतारो

  • खबरदाता

श्रीमतीको सम्झनामा मन्दीर र चौतारो

 

चैत २८,२०७८

चितवन – पूर्ब डिआईजि ज्ञानेन्द्रबिक्रम महतले आफ्नी श्रीमतीको सम्झनामा मन्दीर र चौतारो निर्माण गरिदिने भएका छन।

भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा देउराली र गणेश मन्दी निर्माणका लागि सोमबार शिलन्यास गरिएको छ । यस्तै रामनगरकै लखन पार्कमा चौतारी निर्माणका लागि शिलन्यास गरिएको हो ।

मिना महत स्मृति प्रतिष्ठानले यी तीनवटा संरचना निमाणए कार्य सुरु गरेको हो । यी संरचनाका लागि स्मृति प्रतिष्ठानले रु १० लाख खर्च हुने जनाएको छ । मिना महतको पहिलो स्मृति दिवसका अबसरमा सो मन्दीर र चौतारी निर्माण गर्न लागिएको प्रतिष्ठानका संरक्षक महतले बताए ।उनी लामो समय देखि समाज सेवामा लाग्दै आएका छन ।

कार्यक्रममा गलेश्वर आश्रमका पिठाधिस स्वामी ज्ञानानन्द सरस्वतीको उपस्थितिमा कार्यक्रम शिलन्यास गरिएको हो ।

 

  • प्रकाशित मिति : चैत २८, २०७८, सोमवार २०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८