• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

सैनिक जवान कटुवालको सम्मानका साथ अन्त्येष्टि

  • खबरदाता

सैनिक जवान कटुवालको सम्मानका साथ अन्त्येष्टि

 

चैत ४,२०७८

गैंडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएका सैनिक जवान पवन कटुवालको उदयपुरको गाईघाटमा अन्त्येष्टि गरिएको छ।

कटुवालको सैनिक सलामीका साथ शुक्रबार अन्त्येष्टि गरिएको हो ।चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आक्रमणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गएको थियो ।

मृतक कटुवालको शव त्रियुगा नगरपालिका-१२ स्थित त्रियुगा नदि किनारामा रहेको आर्यघाटमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएका थिए । मृतक कटुवालको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो । श्रद्धान्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापा लगायतको उपस्थित थियो ।

बुधबार राति निकुञ्जमा गस्तीमा निस्किएका कटुवाल एक्कासि गैडासँग जम्का भेट भएपछि गैंडाले आक्रमण गर्दा भाग्ने क्रममा दलदल पोखरीमा डुबेका हुन् । मृतक कटुवालको एक छोरी र श्रीमती छन् ।न्युज कारखाना

 

  • प्रकाशित मिति : चैत ४, २०७८, शुक्रवार २०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८