• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नियम उल्लंघन गर्ने ८४ सवारीसाधन नियन्त्रणमा

  • खबरदाता

नियम उल्लंघन गर्ने ८४ सवारीसाधन नियन्त्रणमा

 

चैत ४,२०७८

होलीको दिन रुपन्देहीको विभिन्न स्थानबाट सवारी नियमको उल्लङ्घन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विना हेलमेट, मापसे गरी सवारी चलाउने, होहल्ला गरी सवारी चलाउने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउन लगायतका सवारी नियम उल्लङ्घन गर्ने ८४ वटा सवारीसाधनलाई नियन्त्रण्मा समेत प्रहरीले लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होलीलाई मर्यादित, सभ्य र दुर्घाटना रहित बनाउनका लागि जिल्लाभर होलीका लागि मात्रै ५ सय प्रहरी परिचालन गरेको थियो । यसका साथै नियमित कामका लागि ७ सय बढी प्रहरी फिल्डमा रहेको थियो ।

होलीको अवसरमा जिल्लाको विभिन्न क्षेत्रमा गरिएको सवारी जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए । मदिरा सेवन गरी सवारीसाधन चलाउने अवस्थामा पनि नरहेको पाएपछि ८ जनालाई नियन्त्रणमा लिएको डिएसपी पौडेलले जानकारी दिए ।

  • प्रकाशित मिति : चैत ४, २०७८, शुक्रवार २०:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८