• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

माओवादी केन्द्र चितवनको जिम्मेवारी दाहाल र अधिकारीलाइ

  • खबरदाता

माओवादी केन्द्र चितवनको जिम्मेवारी दाहाल र अधिकारीलाइ

 

चैत ३,२०७८

सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहालले पाएकी छन।

माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाललाइ इन्चार्जको जिम्मेवारी दिएको हो। यस्तै सोही बैठकले संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले दिएको छ।

भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू ९क्रान्तिकारी ० का केन्द्रीय उपाध्यक्ष थिए। यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए।

  • प्रकाशित मिति : चैत ३, २०७८, बिहीवार १४:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८