• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

कालिकाका दुई जना पक्राउ,वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोप

  • खबरदाता

कालिकाका दुई जना पक्राउ,वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोप

 

फागुन २८,२०७८

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका ४ भण्डाराका ३७ वर्षीय गुणराज श्रेष्ठ र सोही स्थानका ३७ वर्षीय सागर राइ रहेका छन।

उनीहरुलाइ कालिका नगरपालिका ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लगाएको छ। उनीहरु शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ राईटोलमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वडाध्यक्षलाई ६(७ जनाको समूहमा रहेकाहरुले दुर्व्यवहार गरेका थिए । फागुन २३ गते दिउँसो १स्३० बजे वडा कार्यालयमै उनीमाथि दुर्व्यवहार भएको थियो ।

६-७ जनाको समूहमा आएकाहरुले कार्यकक्ष भित्र अनाधिकृत रुपमा प्रवेश गरी लुकाई छिपाई ल्याएको कालो मोसो वडाध्यक्ष रिजाललाई लगाईदिएका थिए । यस्तै वडाध्यक्षलाई कार्यकक्षबाट लछार-पछार तथा दुर्व्यवहाँर गरी गरी ढोकामा ल्याएर जुत्ताको माला लगाउन प्रयास समेत गरेका थिए ।

  • प्रकाशित मिति : फागुन २८, २०७८, शनिवार १६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८