• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

एमसिसिलाइ देखाउँदै काङ्ग्रेसले सार्‍यो चितवन सहित १० जिल्लाको अधिबेशन

  • खबरदाता

एमसिसिलाइ देखाउँदै काङ्ग्रेसले सार्‍यो चितवन सहित १० जिल्लाको अधिबेशन

फागुन ११,२०७८

 

चितवन -नेपाली काङ्ग्रेसले १० जिल्लाको अधिबेशन पुन पछाडि सारेको छ।

काँग्रेसले अधिबेशन गर्न बाँकी रहेका १६ जिल्ला मध्ये १० जिल्लाको मात्र अधिबेशन सारिएको जनाएको छ।बाँकी ६ जिल्लाको भने पुर्बनिर्धारित मितिमै अधिबेशन हुने छ।

निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको हो।

यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको काँग्रेसले जनाएको छ।

  • प्रकाशित मिति : फागुन ११, २०७८, बुधवार १५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८