• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

चितवन सहित कांग्रेसका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने

  • खबरदाता

चितवन सहित कांग्रेसका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने

माघ २८,२०७८

नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी चितवन सहित १६ जिल्लामा फागुन १३ गते चुनाव हुने भएको छ।

शुक्रबार बसेको कांग्रेसको निर्वाचन समितिको बैठकले मधेसका सबै ८ जिल्ला र अरू प्रदेशका ८ जिल्लामा १३ गते अधिवेशन गर्ने निर्णय गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ।

‘यसरी हामी फागुन १५ सबै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सबै प्रक्रिया पूरा गरिसक्छौं,’ घिमिरेले भने।

जिल्ला अधिवेशनहरूको नयाँ मितिबारे कांग्रेस केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको घिमिरेले बताए। मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न बाँकी छ।

  • प्रकाशित मिति : माघ २८, २०७८, शुक्रवार १३:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८