• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

चितवनका सुरक्षाकर्मिले सोध्लान, ‘तपाइँको मास्क खै ?’

  • खबरदाता

चितवनका सुरक्षाकर्मिले सोध्लान, ‘तपाइँको मास्क खै ?’

 

माघ १६,२०७८

चितवन । कोरोनाका संक्रमित दिनहुँ थपिन थालेपछि जिल्लामा मास्क अभियान सुरु गरिएको छ।

आइतबार बिहान प्रमुख जिल्ला अधिकारी सहितको टोली तपाइँको मास्क खै भन्ने अभियान सुरु गरेका हुन।

जिल्ला प्रहरी , जिल्ला ट्राफिक , सामुदायिक प्रहरी र सरकारी कर्मचारीहरुको उपस्तिथिमा सो कार्यक्रम सुरु गरिएको हो।

बिशेश गरि धेरै मान्छेको आवत जावत हुने भरतपुरको चौबीसकोठीबाट अभियान सुरु गरिए पनि जिल्लाका मुख्य स्थानहरुमा यसलाइ अभियानकै रुपमा चलाइने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जनाए।

 

जिल्ला प्रशासन कार्यालय चितवन र स्वास्थ्य कार्यालय चितवनको सक्रियतामा आयोजना गरिएको तपाईको माक्स खै रु अभियानका क्रममा कोरोना भाइरसका कारण हुन सक्ने समस्या र मास्कबाट हुने फाइदाको बारेमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले जानकारी गराएका थिए । उन ले माक्सको प्रयोगले कोरोना भाइरसबाट मात्रै नभई प्रदुशित हावा, धुवाँ,धुलोबाट मानब शरिरलाई पर्ने असरका बारे बिना मास्क हिडेकालाइ सम्झाए।

प्रमुख जिल्ला अधिकारी तामाङ्ले सचेतना जगाउने क्रम जारी रहे पनि स्थानिय तहमा यसको महत्व नबुझ्दा माक्स नलगाउने बढेको बताए । कोरोना संगै बच्न मात्रै नभई मानब स्वास्थ्यका लागि समेत माक्सको प्रयोग फलदायी भएकाले सबैले यात्रा गर्दा माक्सको प्रयोग गर्नु जरुरी रहेको उनको भनाई थियो ।

कोरोनाको पहिलो र दोस्रो लहरमा पनि चितवनमा उक्त अभियान चलाइएको थियो।

  • प्रकाशित मिति : माघ १६, २०७८, आइतवार ०७:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८