• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

देश भर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु


देश भर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु

 

 

आज ४९ प्रतिशतमा संक्रमण।

माघ १० ,२०७८

चितवन । एकै दिन १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो चौबीस घन्टामा २५४० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख २४ हजार २३९ रहेको छ ।

योसंगै हाल सम्म पिसिआर प्रबिधिबाट ९ लाख १८ हजार ४४८ र एन्टिजेन प्रबिधिबाट १ लाख १५ हजार १७८ गरि कुल संक्रमीत संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ।

देश भर १६६५४ को पिसिआर परिक्षण गर्दा ८०५४ र ४५४७ जनाको एन्टिजेन परिक्षण गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ८२ हजार ५५० सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या १४९ रहेको छ।

कोरोनाका कारण आज ४ जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।

  • प्रकाशित मिति : माघ १०, २०७८, सोमवार १०:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८