• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

कैलालीमा कोरोना खोप लगाउना साथ मृत्यु

  • खबरदाता

कैलालीमा कोरोना खोप लगाउना साथ मृत्यु

 

माघ ९,२०७८

धनगढी– यहाँ स्थिति एक खोप केन्द्रमा कोरोनाको खोप लगाएका एकको मृत्यु भएको छ।

कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनले आइतबार कैलारी गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए। खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको आफन्तले बताएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले खोप लगाएलगत्तै मृत्यृ भएको जानकारी आएको तर उनको मृत्युको कारण भने खुल्न नसकेको बताए। उनले त्यसका बारेमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।

  • प्रकाशित मिति : माघ ९, २०७८, आइतवार १०:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८