आज परिक्षण गरिएका नमुनामध्ये ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
माघ १ ,२०७८
चितवनमा शुक्रबार १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ३४४ जनाको पिसीआर र १६ जनाको एन्टिजेन परिक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये सबै भन्दा धेरै १२० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।
चितवनमा सक्रिय संक्रमितको संख्या ५९५ पुगेको छ। संक्रमित मध्ये ५७७ होमआइसोलेसन र १८ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८