• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

युनिक बसेनी र नारायणगढ बराबरीमा रोकिए

  • खबरदाता

युनिक बसेनी र नारायणगढ बराबरीमा रोकिए

 

पुस २६,२०७८

चितवन ( सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनी र नारायणगढ फुटबल क्लब (एनएफसी) बराबरीमा रोकिएका छन् ।

आज ९सोमबार० भएको पहिलो खेलमा युनिक र नारायणगढ १(१ को बराबरीमा रोकिएका हुन् । युनिकका लागि अमृत घले तथा नारायणगढका लागि सागर लोप्चनले गोल गरे ।

खेलमा युनिकले सुरुवाती अग्रता लिएको थियो । खेलको आठौं मिनेटमा अमृतले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ल पछि परेको नारायणगढले दोस्रो हाफमा गोल फर्कायो । ७६ औं मिनेटमा युनिकका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले नारायणगढलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सागरले कुनै गल्ती नगरी गोलमा परिणत गराए ।

खेलको म्यान अफ दि म्याच युनिकका गोलरक्षक मिनशिखर गुरुङ घोषित भ ए । बराबरीपछि युनिकले दुई खेलबाट २ अंंक बटुलेको छ । एक खेल बढि खेलेको नारायणगढको पनि समान अंंक छ।

  • प्रकाशित मिति : पुस २६, २०७८, सोमवार १३:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८