• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

चितवन जिल्ला लिगमा रामपुर र नारायणी बिजयी

  • खबरदाता

चितवन जिल्ला लिगमा रामपुर र नारायणी बिजयी

 

पुस २५,२०७८

चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा रामपुर फुटबल क्लब रड्स र नारायणी फुटबल क्लबले पहिलो जित दर्ता गरेका छन् ।

आज (आइतबार) भएको पहिलो खेलमा रामपुरले एस्ट्रल युथ सोसाइटीलाई ३-१ ले पाखा लगायो । रामपुरको जितमा बिशाल तामाङ, बिशेष तामाङ र समिप ढकालले एक(एक गोल गरे । एस्ट्रलका अभिषेक महतोले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै बिशालले गोल गर्दै रामपुरलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा एस्ट्रलका अभिषेकले बराबरी गोल फर्काए । पहिलो हाफमा नै रामपुरले फेरि अग्रता लियो । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा बिशेषले गोल गर्दै पुनः रामपुरलाई अग्रता दिलाए ।

दोस्रो हाफमा रामपुरले थप एक गोल गर्‍यो। ७५ औं मिनेटमा समिपले गोल गर्दै ३-१ को जित सुनिश्चित गरे । जितसंगै रामपुरले समूह बीु मा तीन अंक बनाएको छ । एस्ट्रल भने अंकबिहिन छ ।

यस्तै आजको दोस्रो खेलमा नारायणीले बगान यात्रा ग्रुपलाई १-० ले पराजित गर्‍यो । नारायणीको जितमा अमृत श्रेष्ठले एक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच नारायणीका अमृत घोषित भए ।

जितपछि नारायणीले २ खेलबाट ३ अंक बनाएको छ । यात्राको पनि दुई खेलबाट समान अंक छ । लिग अन्तर्गत सोमबार पनि दुई खेल हुनेछ । सोमबार दिउँसो १ बजे नारायणगढ फुटबल क्लब र नारायणी मोटर्स युनिक क्लब बसेनिबीच खेल हुनेछ । यस्तै दिउँसो ३:३० बजे केबिए ग्लोबल भरतपुर फुटबल क्लब र पानस युवा क्लब भिड्नेछन् ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।

  • प्रकाशित मिति : पुस २५, २०७८, आइतवार १३:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८