• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

दोस्रो पटक भेटिएपछि ओमिक्रोन भेरियन्टको बढ्दो त्रास


दोस्रो पटक भेटिएपछि ओमिक्रोन भेरियन्टको बढ्दो त्रास

 

पुस ८,२०७८

 

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले ५८ वर्षीय एक जना वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताइन् । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित सम्पर्कमा रहेर उनको उपचार भइरहेको उनले बताइन् ।

प्रवक्ता मिश्राका अनुसार २२ जनामा डेल्टा भेरियन्ट पुष्टि छ । हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

कति खतरनाक छ ?

पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको संक्रमित दर नयाँ भेरिएन्ट भित्रिए अवस्था जटिल हुन सक्ने देखिन्छ । वैज्ञानिकहरूले ओमिक्रोन पहिलेका भेरियन्टभन्दा खतरनाक नभएको बताइरहेका छन् । यद्यपि, सो भेरियन्ट लागेर अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु हुने व्यक्तिले कोरोनाको कुनै पनि खोप नलिएको पाइएको उल्लेख गरेका छन् ।

अहिलेसम्मका डाटा हेर्दा ओमिक्रोन निकै संक्रामक भए पनि यो डेल्टा वा अरू भेरियन्टभन्दा खतरनाक नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का आपतकालीन परिस्थिति निर्देशक माइकल ¥यानले जानकारी दिएका छन् ।

अमेरिकी सरकारका मेडिकल सल्लाहकार डा. एन्थोनी फाउचीले ओमिक्रोन बढी संक्रामक भए पनि यसले डेल्टाले जस्तो बिरामीलाई बढी सिकिस्त नबनाउने बताएका छन् । यद्यपि डा। फाउजीले सो भेरियन्टको विषयमा विस्तृत अध्ययन हुनुपर्ने र संसारभरबाट डाटा संकलन गर्नुपर्ने अमेरिकी सञ्चार एजेन्सीलाई बताएका छन् ।

नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा मानवीय क्षति बढी भएको थियो । डेल्टा भेरिएन्टले नेपालमा संक्रमित दर र मृत्युदर बढाएको थियो ।

विज्ञहरूको अनुसार हाल उपलब्ध खोपले काम गर्न नसक्ने बताएका छन् । तर, खोप लगाएकाहरूलाई भने गम्भीर बिरामी भने नबनाउने विज्ञको भनाइ छ । कोभिडका डेल्टा, अल्फा, बीटा अनि गामाजस्ता प्रमुख भेरियन्टले गराउन सक्ने गम्भीर बिरामी हुनबाट जोगाउने विज्ञको मत रहेको छ ।

हालसम्म बैज्ञानिकहरूले कोरोनाको नयाँ भेरियन्टलाई सूक्ष्म रूपमा हेरिरहेका छन् । सबैभन्दा बढी खतरा हुन सक्ने भेरियन्टलाई वैज्ञानिकहरूले सूचीकृतसमेत गरेका छन् । त्यसरी सूचीकृत गरिएका भेरियन्टहरूमा डेल्टा भेरियन्ट सुरुमा भारतमा देखिएको र हाल यूकेमा यो भेरियन्ट आमरूपमा फैलिएको छ । यो भेरियन्टको असर’दयगत वैज्ञानिकहरूले अहिले पनि सूक्ष्म अध्ययन गरिरहेका छन् ।

त्यस्तै, अल्फा भेरियन्ट सुरुमा यूकेमा देखापरेको यो ५० भन्दा बढी मुलुकमा फैलिएको थियो । त्यस्तै, बिटा भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्ट यूकेसहित कम्तीमा २० राष्ट्रमा फेला परेको थियो । सुरुमा ब्राजिलमा देखिएको गामा भेरियन्ट यूकेसहित १० भन्दा बढी राष्ट्रमा पुष्टि भइसकेको छ । राजधानी दैनिकबाट

  • प्रकाशित मिति : पुस ८, २०७८, बिहीवार ००:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८