रत्ननगरका महिलाले महाधिवेशनमा आएका नेता तथा कार्यकर्तालाइ पनि केहि सन्देश दिन खोजेका छन। उनीहरुले पनि आफ्नो ठाउँमा गएर समाजका महिलालाइ आफ्नो सिपलाइ कसरि पैसामा बदल्न सकिन्छ भएर देखाउलान भन्ने आस गरेका छन।
केपी शर्मा -मंसिर १२,२०७८
चितवन । पर्यटकीय नगरी सौराहा । गुन्जयमान छ विगत केहीदिन देखि । यो भिडभाडले कोरोना काल देखि बन्द रहेको सौराहामा पुरानै रौनक थपिएको छ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनले गर्दा करिब १० दिनअघि देखिनै यहाँको माहोल फेरिएको हो।मंसिरको ९ गते देखि भरिभराउ हुन थालेको सौराहा १२ गते सम्म पनि उस्तै छ। बन्दसत्र आइतबारदेखि यहाँ स्थिति सेभेन स्टार होटलमा जारी छ।
धेरैलाई यहाँको रमणीय वातावरण हेर्न, छलफल , बहस गर्न भ्याईनभ्याई छ । तर बिरन्जना सापकोटा घिमिरेलाई भने ती कुरा सहित थप अर्को जिम्मेवारी पनि थपिएको छ ,त्यो हो स्टलमा आएका पाहुनालाई माग बमोजिमको सेल रोटी र तरकारी पुर्याउनु ।
हो, अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्नगर चितवनकी संयोजक सापकोटाले स्थानीय महिला सहित सेल रोटी र तरकारीको सेवा दिईरहेकि छिन। प्रतिनिधि र पाहुनालाई बाहिर खाजा खान जानुपर्ने वाध्यतालाई उनी सहितका महिला समुहमा दिदिबहिनीहरुले सेवा दिदै आएका छन।
टाढा टाढाबाट आएका पाहुनाहरुलाई होटल खाजा घर आदिवारे अन्योलता हुने भएकाले आफ्नो स्टलले ठुलो सहयोग पुर्याएओ सापकोटाले बताइन ।सेवा मात्र उपलब्ध गराउने उदेश्यले आइतबार देखि मात्र यो काम सुरु गरेको उनले बताइन ।
कामको पहिलो दिन आइतबारनै त्यो समूहले ३० हजार बराबरको कारोबार गरेको थियो। उनले भनिन , बाहिर यति खान परे रु १०० भन्दा बढी पर्छ हामीले ५० मै दिएका छौं । दुईवटा ठूलो सेल रोटी र तरकारीलाई ५०रुपैयाँमै उपलब्ध गराएको उनले बताइन।
हिजोको तुलानामा आज अझै बढी भीड बढेको सापकोटाले बताइन।उनले भनिन , नाफा भन्दा पनि उत्पादन गर्नुपर्छ र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश नेताहरुलाई जास भनेर पनि यसको सुरुवात गरिएको हो ।
साथै घरका लागि कहिलेकाहि सेल रोटी पकाएका महिलाहरुले समेत व्यवसायनै थाल्दा रोटी पकाएर पनि राम्रै आम्दानी दिन सकिँदो रहेछ भन्ने हामीबाट बुझ्नुभएको छ । यसले केहि परिवर्तन समेत दिएको छ सापकोटाले दिएको छ ।
सेल रोटी मात्र होईन महिलाहरुले उत्पादन गरेको बेसार भटमास पोते पनि सो समूहले बिक्रि गर्न राखेको छ।सेल रोटि र अन्य सामाग्रीको रकम लिए पनि उनीहरुले चिया भने निशुल्क वितरण गर्दै आएका छन।उक्त समुहका सवै महिलाहरु अनेमसघमानै आबद्ध रहेको सापकोटाको भनाइ छ ।
दुईवटा स्टल राखेर ३० देखि ३५ जना खटिँदा पनि सेवा दिन भ्याई नभ्याई भएको उनको भनाइ छ । सेल रोटी गाइको घ्युमा पकाउएर बिक्रि गरिएको उनले बताइन ।
सबै महिलालाइ आफुले जानेको सिपलाइ पैसा आउने गरि प्रयोग गर्न सो समुहको अनुरोध छ । चुलो चौकोमा सीमित नहुन आग्रह गर्दै आफ्नो सीपको उजागर गरे चुलौमै बसेर राम्रो आम्दानी गर्न सकिने सापकोटाको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८