कात्तिक २२, २०७८ ।
नेपाल विद्युत प्राधिकरण भरतपुरको बसेनी सवस्टेशनमा केही दिन अघि जलेका दुई वटा ट्रान्सफर्मर परिवर्तन गरी नयाँ जडान गरिएको छ । नयाँ ट्रान्सफर्मर जडानपछि अव भरतपुरमा लाइन नजाने प्राधिकरणले जनाएको छ ।
पहिला विग्रिएका दुई वटा ३० एमभिएका ट्रान्सफर्मरको विकल्पमा प्राधिकरणले साँढे २२ एमभिएका दुई वटा ट्रान्सफर्मर जडान गरेको हो । भरतपुरको उक्त वितरण केन्द्रमा कार्तिकको १३ गते एउटा ट्रान्सफर्मर जलेको थियो ।
त्यसपछि एउटै मात्र ट्रान्सफर्मरले विद्युत भार धान्दै आएकोमा लोड बढि भएर कार्तिक १६ गते उक्त ट्रान्सफर्मरपनि जलेपछि भरतपुरका केही क्षेत्र लगातार ४८ घण्टासम्म अन्धकार भएको थियो । अहिले उद्योगलाई पनि विद्युत् आपूर्ति प्रदान गरिएको छ ।
तिहारको लक्ष्मी पुजाका दिनपनि विद्युत आपूर्ति नहुने डर हुँदैगर्दा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनमै आएर चाँडै काम सक्न निर्देशन दिएका थिए ।
भरतपुरको माग ४० एमभिए रहेकोमा अहिले दुई वटा ट्रान्सफर्मर जडान पछि ४५ एमभिए विद्युत आपूर्ति भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८